Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 93

याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ;

याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ;

निश्‍चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।

अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ;

तपाईं अनन्तदेखि हुनुहुन्छ।

हे याहवेह, समुद्रहरू उर्लिआएका छन्,

समुद्रहरूले आफ्नो गर्जन उच्‍च पारेका छन्;

तिनका भयानक छालहरू उर्लिएका छन्।

महासमुद्रको गर्जनभन्दा शक्तिशाली,

समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली—

उच्‍चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।

हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्;

अनन्तकालको निम्ति

तपाईंको भवन पवित्रताले सुसज्जित छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.