Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 146
याहवेहको प्रशंसा गर!1
हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!
म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु;
म बाँचुन्जेल मेरा परमेश्वरको प्रशंसा गाउनेछु।
शासकहरूमाथि भरोसा नगर;
मानव-जातिमाथि, जसले बचाउन सक्दैन।
जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्;
त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।
धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्वर हुनुहुन्छ,
जसको आशा याहवेह तिनीहरूका परमेश्वरमा हुन्छ।
उहाँ स्वर्ग र पृथ्वी,
समुद्र र त्यसमा भएका सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ;
उहाँ सदाकाल विश्वासयोग्य रहनुहुन्छ।
उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ;
र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ।
याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;
याहवेहले दृष्टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ;
र दबिएकाहरूलाई उठाउनुहुन्छ;
याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।
याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ;
अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ;
तर दुष्टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।
याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ।
हे सियोन, तेरा परमेश्वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ।
याहवेहको प्रशंसा गर!
Source notes (1)
- Footnote मूल भाषामा हल्लेलूयाह ; 10 पदमा पनि
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.