Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 138

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु;

“देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु।

म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु;

अनि तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको निम्ति

तपाईंको नामको प्रशंसा गर्नेछु;

किनकि तपाईंले आफ्नो आदेश यति उच्‍च पार्नुभयो कि,

यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ।

जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो;

तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।

हे याहवेह, तपाईंका आदेशहरू सुनेर,

यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्।

तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्;

किनकि याहवेहको महिमा महान् छ।

याहवेह उच्‍चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ;

तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्‍नुहुन्छ।

म सङ्कष्‍टको बीच भएर हिँड्नुपरे तापनि

तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ;

मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ;

र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।

याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ;

हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ;

तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.