Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 थेसलोनिकी 4

परमेश्‍वरलाई प्रसन्‍न पार्ने जीवन

अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन तिमीहरूले कसरी जिउनुपर्छ भनी हामीले निर्देशन दियौँ; जसअनुसार तिमीहरू जिइरहेका पनि छौ। अब अझ बढी त्यस्तै गर्ने गर भनी हाम्रा प्रभु येशूमा हामी तिमीहरूलाई आग्रह गर्दछौँ। किनकि हामीले प्रभु येशूको अधिकारद्वारा तिमीहरूलाई जुन निर्देशन दियौँ, सो तिमीहरू जान्दछौ।

परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई1 नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। तिमीहरू परमेश्‍वरलाई नचिन्‍नेहरूजस्ता कामुकताको कामवासनामा नबस। यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ। किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो। यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्‍वरलाई नै इन्कार गर्छ।

अब दाजुभाइ-दिदीबहिनीहरूको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन; किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैँले परमेश्‍वरबाट सिकेका छौ। वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्‍वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरू हो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौँ। तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर, ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्।

पुनरुत्थानको आशा

हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका2 विश्‍वासीहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर। किनकि हामी विश्‍वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्‍वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ। प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौँ, कि हामी जो अझ जीवित छौँ, र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ; हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्‍नेछैनौँ। किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको सोरसँगै स्वर्गबाट ओर्लिआउनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्। त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ। यसकारण एक-अर्कालाई यी वचनहरूले उत्साह देओ।

Source notes (2)
  1. Footnote अथवा आफ्नै पत्नीसँग बस्‍न सिक।
  2. Footnote मूल भाषामा सुतेकाहरू

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.