Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1 इतिहास 3
दावीदका छोराहरू
हेब्रोनमा जन्मेका दावीदका छोराहरू यिनै हुन्:
जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्;
माहिँलाचाहिँ दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्;
साहिँला अब्शालोम, जसकी आमा गेशूरका राजा तल्मैकी छोरी माका थिइन्;
काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्;
ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन्;
अनि कान्छो यित्राम, जसकी आमा एग्ला थिइन्।
यी छ जना दावीदका छोराहरू हेब्रोनमा जन्मेका थिए, जहाँ तिनले सात वर्ष छ महिना राज्य गरे।
दावीदले यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।
अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्:
शिमेअ,1 शोबाब, नातान र सोलोमन। यी चार जनाचाहिँ अम्मीएलकी छोरी बेतशेबाबाट2 जन्मेका थिए।
साथै अरू छोराहरू पनि थिए; यिभार, एलीशूअ,3 एलीपेलेत, नोगह, नेपेग, याफिया, एलीशामा, एल्यादा र एलीपेलेत—जम्मा नौ जना।
यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्।
यहूदाका राजाहरू
सोलोमनका छोरा रहबाम थिए,
रहबामका छोरा अबीयाह,
अबीयाहहका छोरा आसा,
आसाका छोरा यहोशापात,
यहोशापातका छोरा यहोराम,4
यहोरामका छोरा अहज्याह,
अहज्याहका छोरा योआश,
योआशका छोरा अमस्याह,
अमस्याहका छोरा अजर्याह,
अजर्याहका छोरा योताम,
योतामका छोरा आहाज,
आहाजका छोरा हिजकिया,
हिजकियाका छोरा मनश्शे,
मनश्शेका छोरा आमोन,
आमोनका छोरा योशियाह थिए,
योशियाहका छोराहरू:
जेठा योहानान,
माहिला यहोयाकीम,
साहिँला सिदकियाह
र कान्छोचाहिँ शल्लूम।
यहोयाकीमका उत्तराधिकारीहरू:
तिनका छोरा यहोयाकीन5 र
सिदकियाह।
निर्वासन भएपछिका राजकीय वंश
बेबिलोनीहरूले कैदमा लगेका यहोयाकीनका छोराहरू:
शालतिएल, मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह।
पदायाहका छोराहरू:
यरुबाबेल र शिमी।
यरुबाबेलका छोराहरू:
मशुल्लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्। यरुबाबेलका अरू पाँच जना छोराहरू पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशब-हेसेद थिए।
हनन्याहका सन्तानहरू:
पलत्याह र यशयाह, र रपायाहका, अर्नानका, ओबदियाका र शकन्याहका छोराहरू।
शकन्याहका छोराहरू:
शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बरियाह, नेरियाह र शापात—जम्मा छ जना।
नेरियाहका छोराहरू:
एल्योएनै, हिजकिया र अज्रीकाम—जम्मा तीन जना।
एल्योएनैका छोराहरू:
होदवियाह, एल्यासीब, पलायाह, अक्कूब, योहानान, दलायाह र अनानी—जम्मा सात जना।
Source notes (5)
- Footnote शिमेअ मूल भाषामा अर्को नाम शम्मूअ
- Footnote केही प्राचीन पा.लि.हरूमा वतशूआ
- Footnote जसलाई एलीशामा पनि भनिन्छ
- Footnote यहोराम, मूल भाषामा अर्को नाम जोराम
- Footnote यहोयाकीन मूल भाषामा अर्को नाम येकोनिया
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.