Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1 इतिहास 25
सङ्गीतकारहरू
दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:
आसापका छोराहरूबाट:
जक्कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे।
यदूतूनका छोराहरूबाट:
गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे।
हेमानका छोराहरूबाट:
बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल र यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती र रोमम्ती-एजेर, योशब्काशा, मल्लोती, होतीर र महजीओत। (यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्च तुल्याउनका निम्ति परमेश्वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)
यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्वरको भवनमा सेवा गर्थे।
आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे। तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो। जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले।
पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्यो,
तिनका छोराहरू र आफन्तहरूका1 नाममा—जम्मा 12 जना,
दोस्रोचाहिँ गदल्याहलाई,
तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना,
तेस्रोचाहिँ जक्कूरलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
चौथो यिस्रीलाई,2
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
पाँचौँ नतन्याहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
छैटौँ बुक्कियाहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
सातौँ यसरेलालाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
आठौँ यशयाहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
नवौँ मत्तन्याह,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
दसौँ शिमीलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
एघाह्रौ अज्रेललाई,3
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
बाह्रौँ हशब्याहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
तेह्रौँ शूबाएललाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
चौधौँ मत्तीत्याहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
पन्ध्रौँ यरेमोतलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
सोह्रौँ हनन्याहलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
सत्रौँ योशब्काशालाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
अठारौँ हनानीलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
उन्नाइसौँ मल्लोतीलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
बीसौँ एलियातालाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
एक्काइसौँ होतीरलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
बाइसौँ गिद्दलतीलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
तेईसौँ महजीओतलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
चौबीसौँ रोमम्ती-एजेरलाई,
तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना थिए।
Source notes (3)
- Footnote केही प्राचीन पा.लि.हरूमा तिनका छोराहरू र आफन्तहरू भनेर लेखिएको पाइँदैन।
- Footnote अर्को नाम जेरी
- Footnote अर्को नाम उज्जीएल
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.