Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

भजनसंग्रह 2

राष्ट्रहरू किन षड्यन्त्र1 रच्दछन्,

अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्?

याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा

पृथ्वीका राजाहरू खडा हुन्छन्,

र शासकहरू एकजुट भएर भेला भएका छन्।

तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ,

र तिनीहरूका बन्धनहरू फुकालौँ।”

स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्छ;

प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।

आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ,

र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,

“मैले मेरो राजालाई नियुक्त गरेको छु,

मेरो पवित्र सियोन2 पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।

म याहवेहको उर्दी घोषणा गर्नेछु:

उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ;

आज म तिम्रो पिता भएको छु।

मसँग माग

र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु,

र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु।

तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्‍नेछौ,3

कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।”

यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ;

पृथ्वीका शासकहरू हो, सचेत होओ!

भयसाथ याहवेहको सेवा गर,

र कम्पनसाथ उहाँको आनन्द मनाओ।

उहाँको पुत्रलाई सम्मान4 गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ,

र तिमीहरूको व्यवहारले विनाशमा पुर्‍याउला;

किनकि उहाँको क्रोध चाँडै दन्कन्छ।

धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।

Source notes (4)
  1. Footnote केही प्राचीन पा.लि.हरूमा क्रोध भनिएको छ।
  2. Footnote अथवा यरूशलेम
  3. Footnote अथवा शासन गर्नेछौ।
  4. Footnote यसले चुम्बन पनि जनाउन सक्छ, तर मूल भाषामा यो शब्दको अर्थ स्पष्‍ट छैन।

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.