Biblica® Open Nepali Contemporary Version
भजनसंग्रह 130
आरोहणको गीत।
हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;
हे प्रभु, मेरो सोर सुन्नुहोस्;
दयाको निम्ति गरिएको मेरो पुकारलाई
तपाईंका कानहरूले ध्यान देऊन्!
हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने,
हे प्रभु, को खडा हुन सक्छ र?
तर तपाईं क्षमाशील हुनुहुन्छ,
त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।
म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ,
अनि उहाँको वचनमा म आशा राख्दछु।
पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,
हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,
म प्रभुको प्रतीक्षा गर्दछु।
हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्;
किनकि याहवेहसँग नै अचुक प्रेम छ;
र उहाँसित नै पूर्ण उद्धार छ।
उहाँ आफैँले इस्राएललाई
तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ।
Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.