Biblica® Open Nepali Contemporary Version
भजनसंग्रह 123
आरोहणको गीत।
हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्वर,
मेरा आँखाहरू म तपाईंतिर उठाउँछु।
जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्,
जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे,
त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल,
हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्वरतिर हेर्दछन्।
हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्;
किनकि हामीले अति नै अवहेलना सहेका छौँ।
हामीले अहङ्कारीहरूबाट
अति नै उपहास र
घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।
Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.