Biblica® Open Nepali Contemporary Version
भजनसंग्रह 110
दावीदको भजन।
याहवेहले मेरा प्रभुलाई भन्नुहुन्छ:
“जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ,
तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।”
याहवेहले सियोनबाट यसो भन्दै आफ्नो महान् पराक्रमको राजदण्ड विस्तार गर्नुहुनेछ,
“आफ्ना शत्रुहरूका बीच तपाईंले राज्य गर्नुहुनेछ!”
तपाईंका युद्धको दिनमा
तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्।
पवित्रताको वैभवमा सुशोभित भई,
तपाईंका जवानहरू
बिहानीको गर्भबाट1 निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्।
याहवेहले शपथ खानुभएको छ,
र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन:
“तिमी सदासर्वदाको निम्ति,
मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।”
प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ;
उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ।
उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ;
अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ।
उहाँले बाटो छेउको खोलाबाट2 पानी पिउनुहुनेछ;
यसरी उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।
Source notes (2)
- Footnote मूल भाषामा यस खण्डको अर्थ अनिश्चित छ
- Footnote dup मूल भाषामा यस खण्डको अर्थ अनिश्चित छ
Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.