Biblica® Open Nepali Contemporary Version
इयोब 25
बिल्ददको संवाद
तब बिल्दद शुहीले जवाफ दिए:
“प्रभुत्व र श्रद्धा परमेश्वरकै हुन्;
उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।
के उहाँका सेनाहरूलाई गन्न सकिन्छ?
उहाँको ज्योति कसमाथि पर्दैन र?
त्यसो भए कसरी मरणशील मानिस परमेश्वरको अगि धर्मी हुन सक्छ?
स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?
उहाँको दृष्टिमा त चन्द्रमा पनि चहकिलो छैन,
र ताराहरू पनि शुद्ध छैनन् भने,
मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो—
परमेश्वरको दृष्टिमा मानिस जाति किरा मात्रै हो!”
Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.