Biblica® Open Nepali Contemporary Version
उत्पत्ति 36
एसावका सन्तान
एसावको (अर्थात् एदोमको) विवरण यही हो।
एसावले कनानी स्त्रीहरूबाट हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए।
एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल, अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए।
एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए। तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्न सकेन। यसकारण एसाव (अर्थात् एदोम) सेइरको पहाडी मुलुकमा बसोबास गरे।
सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो।
एसावका छोराहरूका नाम यिनै हुन्:
एसावकी पत्नी आदाका छोरा एलीपज र एसावकी पत्नी बासमतका छोरा रूएल।
एलीपजका छोराहरू:
तेमान, ओमार, सपो, गाताम र कनज। एसावका छोरा एलीपजकी एउटी उपपत्नी पनि थिइन्; जसको नाम तिम्ना थियो, जसले तिनका निम्ति अमालेकलाई जन्माइन्। यिनीहरू एसावकी पत्नी आदाका नातिहरू थिए।
रूएलका छोराहरू:
नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
अनाकी छोरी र सिबोनकी नातिनी, ओहोलीबामाले एसावका निम्ति जन्माएका छोराहरू यिनै हुन्:
येऊश, यालाम र कोरह।
एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्:
एसावका जेठा छोरा एलीपजका छोराहरू:
तेमान, ओमार, सपो, कनज, कोरह,1 गाताम र अमालेक। यिनीहरू नै एदोममा भएका एलीपजका सन्तानका मुखियाहरू थिए; तिनीहरू आदाका नातिहरू थिए।
एसावका छोरा रूएलका छोराहरू:
नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
एसावकी पत्नी ओहोलीबामाका छोराहरू:
येऊश, यालाम र कोरह। यिनीहरू अनाकी छोरी ओहोलीबामा अर्थात् एसावकी पत्नीबाट आएका सन्तानका मुखियाहरू थिए।
यिनीहरू एसावका (अर्थात् एदोमका) छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए।
त्यस इलाकामा बस्ने होरीत सेइरका छोराहरू यिनै थिए:
लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान। एदोम देशमा सेइरका यी छोराहरू होरीतवंशीका मुखियाहरू थिए।
लोतानका छोराहरू:
होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
शोबालका छोराहरू:
अल्बान, मानहत, एबाल, शपो र ओनाम।
सिबोनका छोराहरू:
अय्या र अना। (यही अना हुन्, जसले आफ्ना पिता सिबोनका गधाहरू चराउँदै गर्दा जङ्गलमा तातो पानीको मूल2 पत्ता लाएका थिए।)
अनाका सन्तानहरू:
दीशोन र अनाकी छोरी ओहोलीबामा।
दीशानका3 छोराहरू:
हेमदान, एश्बान, यित्रान र करान।
एसेरका छोराहरू:
बिल्हान, जावान र अकान।
दीशानका छोराहरू:
ऊज र अरान।
यिनीहरू होरी जातिका मुखियाहरू थिए:
लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
यिनीहरू नै सेइर देशमा तिनीहरूका दलअनुसार होरी जातिका मुखियाहरू थिए।
एदोमका शासकहरू
कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:
बओरका छोरा बेला एदोमका राजा भए। तिनको सहरको नाम दिन्हावा राखियो।
बेलाको मृत्युपछि, बोज्रामा बस्ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्ने हूशाम तिनको ठाउँमा राजा भए।
हूशामको मृत्युपछि, मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
हददको मृत्युपछि, मस्रेकामा बस्ने शम्ला तिनको ठाउँमा राजा भए।
शम्लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद4 तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्:
तिम्ना, अल्वा, यतेत,
ओहोलीबामा, एलाह, पीनोन,
कनज, तेमान, मिब्सार,
मग्दीएल र ईराम।
तिनीहरूले कब्जा गरेका देशमा तिनीहरूका बसोबासअनुसार एदोमका मुखियाहरू यिनै थिए।
एदोमीहरूका पुर्खा, एसावको वंशावली यही हो।
Source notes (4)
- Footnote कोरह केही प्राचीन पा.लि.हरूमा यो नाम छैन।
- Footnote मूल भाषामा यसको अर्थ निश्चित छैन।
- Footnote दीशोनको अर्को रूप दीशान हो।
- Footnote केही प्राचीन पा.लि.हरूमा हदार पनि भनिएको छ।
Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.