Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

गन्ती 29

तुरहीको चाड

“ ‘सातौँ महिनाको पहिलो दिनमा पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। त्यो दिनचाहिँ तिमीहरूका लागि तुरही फुक्ने दिन हो। याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। साँढेसँग एपाको दश भागको तीन भाग1 मसिनो पिठोमा जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; भेडासँग साँढे एपाको दश भागको दुई भाग2 मसिनो पिठो चढाउनू; र सात वटा थुमाहरूमा प्रत्येकसँग दश भागको दुई भाग मसिनो पिठो मिसाउनू। तिमीहरूका पापबलि शुद्धीकरणको निम्ति एउटा बोका सामेल गराएर प्रायश्‍चित गर्नू। यी बलिहरूचाहिँ तोकिएको मासिक र दैनिक होमबलिहरूका साथमा तिनीहरूका अन्‍नबलि र अर्घबलिबाहेक चढाउनू। यिनीहरू याहवेहलाई मनपर्दो बास्‍नादार अग्निबलिहरू हुन्।

प्रायश्‍चितको दिन

“ ‘सातौँ महिनाको दशौँ दिनमा पवित्र सभा राख्नू। तिमीहरूले आफूलाई विनम्र तुल्याउनू3 र कुनै पनि काम नगर्नू। याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। अन्‍नबलिका निम्ति साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएर चढाउनू; भेडासँग दश भागको दुई भाग मसिनो पिठो चढाउनू; र हरेक सात वटा थुमाहरूसँग दश भागको एक भागको हिसाबले अन्‍नबलि चढाउनू। त्यसमा प्रायश्‍चितका निम्ति पाप शुद्धीकरण बलि र नियमित होमबलिसँगै अन्‍नबलि र अर्घबलिबाहेक पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।

छाप्रोबासको चाड

“ ‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। याहवेहलाई मनपर्दो बास्‍नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। तेह्र वटा बाछाहरू प्रत्येकसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; प्रत्येक दुई भेडासँग दश भागको दुई भाग मसिनो पिठो, र चौध वटा थुमाहरू प्रत्येकसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

“ ‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

“ ‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

“ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

“ ‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

“ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

“ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

“ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहलाई मनमर्दो बास्‍नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछा, भेडा र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

“ ‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्‍नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’ ”

याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए।

Source notes (3)
  1. Footnote लगभग 5 किलो
  2. Footnote लगभग 3.2 किलो
  3. Footnote अथवा उपवास बस्‍नू

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.