Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 39

बेबिलोनका राजदूतहरू

त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए; किनकि तिनले उनको बिमार र स्वास्थ्य-लाभको विषयमा सुनेका थिए। हिजकियाले दूतहरूलाई हर्षसाथ स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना सारा हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। हिजकियाले आफ्नो महलमा वा सम्पूर्ण राज्यमा तिनीहरूलाई नदेखाएको कुनै चीज थिएन।

तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?”

हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट मकहाँ आएका हुन्।”

तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?”

हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएका सबै थोक मैले तिनीहरूलाई देखाएँ।”

तब यशैयाले हिजकियालाई भने, “सेनाहरूका याहवेहको वचन सुन्‍नुहोस्: त्यो समय निश्‍चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्‍नुहुन्छ। तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।”

हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा भइरहनेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.